सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो, १ को मृत्यु, १२ घर पुरिए

काठमाडौँ – सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले १२ वटा घर पुरिँदा २३ जना बेपत्ता भएका छन् । बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले ९ घर पूर्ण क्षति हुँदा कम्तिमा १७ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

‘भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको र १७ जना बेपत्ता भएको सूचना आएको छ, भीजुमखर्कमा ३ घर पुरिँदा ६ जना बेपत्ता भएका छन्,’ मेयर शेर्पाले भने,

स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।

नागपुजेका सबै ८ घरका मानिस बेपत्ता छन् । घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ ।