के अनलाइन शिक्षा सम्भव छ ? अनलाइन शिक्षा कसरी सर्वत्र पुर्याउन सकिन्छ ? यसो भन्छन् विज्ञहरु (भिडियोसहित)

काठमाडौँ । खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत आइतबारको श्रृङखलामा अनलाइन शिक्षा, परीक्षा, अनलाइन सञ्चालन गर्ने निजी विद्यालयले कसरी फि लिने लगायतबारे विज्ञसहित बहस भयो । आइतबारको बहसमा सूचना प्रविधि विज्ञ उत्तम कार्की, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) महासचिव कुमार घिमिरे र शिक्षा पत्रकार समूहका अध्यक्ष तुला अधिकारी सहभागी भए ।

छलफलमा सहभागी वक्ताहरुले कोरोना कहर अप्रत्याशित परिणाम भन्दै अब कहिले खुल्ने टुंगो नभएकाले उपलब्ध प्रविधिलाई सदुपयोग गर्दै अघि बढ्नुपर्ने बताए । सूचना प्रविधि विज्ञ कार्कीले सरकारले एपमार्फत अघि बढ्नसक्ने, आन्तरिक मुल्याङकनमार्फत बढ्नुपर्ने तथा विश्वबजारमा उपयोग गरिएका प्रविधिको पहुँच उपलब्धता लगायतको उपयोग गर्दै अघि बढ्नुपर्ने सुझाव दिए ।

प्याब्सन महासचिव घिमिरेले टिभी, रेडियो लगायतका माध्यमसहित भर्चुअल कक्षामा अघि बढ्नेबारे सांगठनिक धारणा बनाएर अघि बढ्न लागेको जानकारी दिए । तर निजी शिक्षालयमा आर्थिक व्यवस्थापन भने कसरी हुने सोचनीय विषय भएको बताए । अर्का वक्ता शिक्षा पत्रकार समूहका अध्यक्ष अधिकारीले चुनौती प्रशस्तै भएपनि जे जस्ता प्रविधि उपलब्ध छन् प्रयोग गरेरै भएपनि अघि बढ्नुपर्ने बताए । उहाँहरुसँगको भिडियो यहाँ हेर्न सकिन्छ ः

शिक्षामा अनलाइन प्रविधि उपयोग र चुनौती

शिक्षामा अनलाइन प्रविधि उपयोग र चुनौतीअनलाइन शिक्षा सम्भावना र चुनौती वक्ताहरु उत्तम कार्की सूचना प्रविधि विज्ञकुमार घिमिरे महासचिव प्याब्सनतुला अधिकारी, अध्यक्ष शिक्षा पत्रकार समूह

Gepostet von Khullapati am Samstag, 25. April 2020