काठमाडौँ उपत्यकामा विहानैदेखि वर्षा

काठमाडौँ – काठमाडौं उपत्यका लगायतका ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा बिहान ५ बजेपछि वर्षा भइरहेको हो। यो क्रम अझै जारी रहने सम्भावना छ।

उपत्यकामा कतै हल्का, कतै मध्यमसम्म वर्षा भइरहेको विभागले जनाएको छ । बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकालगायत पहाडी स्थानमा वर्षा भइरहेको छ ।

यसैगरी अहिले प्रदेश १, २ र प्रदेश ५ का तराई क्षेत्रमा पनि वर्षा भइरहेको छ। विशेष गरी अहिले तराई क्षेत्रमा वर्षा भइरहेको छ र पहाडी क्षेत्रका पनि केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ ।