कोरोना भाइरसबाट थप ५ जनाको मृत्यु

काठमाडौँ – नेपालमा आज थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङकी ४० वर्षीय महिला, महोत्तरीका ६५ वर्षीय एक पुरुष, धनुषाका ४५ वर्षीय एक पुरुष, काठमाडौँका ७० वर्षीय एक पुरुष र नवलपरासीका ५५ वर्षीय एक पुरुषको निधन भएको छ ।

यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।