काठमाडौँमा कोरोना संक्रमणले दैनिक रेकर्ड तोड्दै, हालसम्मकै धेरैमा संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणले फेरि नयाँ रेकर्ड राखेको छ । हालसम्मकै बढी संक्रमित थपिँदै उपत्यकामा कोरोनाले नयाँ रेकर्ड राखेको हो ।

आज उपत्यकामा ६९६ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा पनि ३८ जनामा संक्रमण पुष्टि भएको हो । निषेधाज्ञा खुकुलो बनाएपछि उपत्यकामा कोरोनाले लगातार रेकर्ड राखेको छ ।

यसैगरी आज देशभर गरी थप १ हजार ४ सय ५४ जनामा कोरोना पुष्टी भएको छ । शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९ सय १९ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९ सय ७२ जना डिस्चार्ज भएका छन् ।