काठमाडौँ उपत्यकामा ४६४ सहित देशभर १ हजार ८१ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १०७ पीसीआर परीक्षणमध्ये १ हजार ८१ जनाको नतिजा पोजिटिभ आएको जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४९ हजार २१९ पुगेको छ । पछिल्लो २४ घन्टामा ९१८ जना डिस्चार्ज भएका छन् । थप ९१८ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ३३ हजार ८५२ पुगेको छ । त्यस्तै, पीसीआर परीक्षण संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमित संख्या १५ हजार २५ छ। जसमध्ये ७ हजार ९८८ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ३७ जना होम आइसोलेसनमा छन्। त्यस्तै क्वारेन्टिनमा रहेकाको संख्या ५ हजार ४८० पुगेको छ।

काठमाडौँ उपत्यकामा थपिए ४६४ संक्रमित

काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।