कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौँ – नेपालमा आज थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारकाठमाडौका ८३ वर्षीय एक महिला र ६७ वर्षीय एक पुरुष, कास्कीकी ७३ वर्षीय एक महिला, अर्घाखाँचीका ४२ वर्षीय एक पुरुष, बाँकेकी ८० वर्षीय एक् महिला, नवलपरासीका ६४ वर्षीय एक पुरुषको निधन भएको छ ।

यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।