काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो : पसल निश्चित समय खोल्न पाइने, सवारी साधनमा जोर बिजोर प्रणाली लागु (यस्तो छ सूची)

काठमाडौँ – काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइएको छ । बिहीबारदेखि लागू हुने गरी एक साताका लागि उपत्यकामा निषेधाज्ञा केही सहज गराइएको हो ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेका छन् । साथै सार्वजनिक सवारी साधनमा १६ जना सम्म राखेर सञ्चालन गर्न पाइने भएको छ ।

साथै, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र पसल तथा व्यवसाय पनि निश्चित समय सञ्चालन गर्न दिने निर्णय भएको छ । तर, काठमाडौँ उपत्यका प्रवेशमा भने अझ कडाइ गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । साथै पार्टी प्यालेस, फिटनेस सेन्टर, मनोरञ्जनका क्षेत्र र शैक्षिक संस्था भने सञ्चालन गर्न पाइने छैन ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि गत भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।

के के सञ्चालन गर्न पाइने हेर्नुहोस सूची :