लमजुङमा पहिरोले घर पुरियो, एकै परिवारका ३ जनाको मृत्यु, अन्यले भागेर जोगाए ज्यान

बेशीशहर – लमजुङको बेसिशहर – ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै बिहीबार राति पहिरोले घर पुरिँदा बेंसीशहर नगरपालिका–१० खाँचे घर भई बेंसीशहर नगरपालिका–७, सातबिसेमा बस्दै आएका अन्दाजी ३२ वर्षीय दीपक तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया बिमाया तामाङ र छोरा अन्दाजी ९ बर्षका छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।

पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका ७ का २६ बर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर-१० पांग्रेक्युका २३ बर्षीय अनिल गुरुङ, २३ बर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको बेंसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।