काठमाडौँ उपत्यकामा थपिए १८८८ जना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको मन्त्रालयले बताएको छ ।