कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुग्यो

काठमाडौँ – नेपालमा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक(एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

कोरोनाका कारण हालसम्म प्रदेश नं १ मा ११ पुरुष, १ महिला, प्रदेश नं. २ मा ३६ पुरुष, ११ महिला, वागमती प्रदेशमा १३ पुरुष, ६ महिला, गण्डकी प्रदेशमा ७ पुरुष , १ महिला, प्रदेश ५ मा ११ पुरुष, ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिलाको निधन भएको छ ।