काठमाडौँ उपत्यकामा थपिए आजसम्मकै बढी कोरोना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २०५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

डा. गौतमका अनुसार काठमाडौंमा १३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै देशभर आज १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।