कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

काठमाडौँ – नेपालमा आईतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा र मोरङका एक ्एक जनाको निधन भएको छ ।

पर्सा जिल्लाका एक पुरुष र मोरङकी एक महिलाको निधन भएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।