काठमाडौँ उपत्यकामा बढ्यो कोरोना संक्रमण, थप १७२ जनामा संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंमा १२६, भक्तपुरमा ८ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै नेपालमा आज थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।