फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीको स्टडी इन युके फेयर काठमाडौं, हेटौंडा र पोखरामा हुँदै

काठमाडौँ- फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीले STUDY IN UK ‘EXCLUSIVE EDUCATION FAIR 2022 आयोजना गरेको छ। फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीले यही भाद्र १७ काठमाडौंमा (2nd September ), भाद्र १९ मा हेटौंडामा (4th September ) र भाद्र २० पोखरामा (5th September) आफ्ना शाखा कार्यालय मार्फत एजुकेसन फेयर २०२२ को आयोजना गरेको हो।

एजुकेशन फेयरमा फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सी, युनिभर्सिटी अफ रोह्याम्टन लन्डन, Bpp युनिभर्सिटी लगाएतका शैक्षिक संघसंस्थाहरूको बारेमा छलफल गर्ने उदेश्यले काठमाडौं, हेटौंडा र पोखरा नेपाल टुर आयोजना गरिएको फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका काठमाडौं हेड उमेश खड्काले जानकारी गराउनुभयो।

फेयरमा युनिभर्सिटी अफ रोह्याम्टनकी हेड अफ अप्रेशन मिस भिदी मिस्त्रीले नेपाली बिध्यार्थीहरूसंग फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीको काठमाडौं अफिसमा भेटघाट गरी STUDY IN UK, OPPORTUNITIES र UNIVERSITY OF ROEHAMPTON का बारेमा जानकारी गराउनु भएको छ। साथै फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीको हेटौंडा र पोखरा शाखामा पनि बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श र छात्रवृत्तिको बारेमा छलफल गरिने भएको छ।

फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका लण्डन हेड डा. दिपक खड्काले पनि उक्त फेयर मार्फत विद्यार्थी र अविभाबकको कैतुहलता, जिज्ञासा, लगायत बिध्यार्थीहरूको बेलायत अध्ययनार्थ आवश्यक न्युनतम योग्यताका बारेमा जानकारी गराउनु हुनेछ। कन्सलटेन्सिले सन् २०२३ इन्टेकमा केन्द्रित रहदै ४००० सम्मको स्कलरसिप प्राप्त गर्न सकिने अवसरका बारेमा समेत जानकारी गराएको छ।