थप ६४१ जनामा कोरोना संक्रमण, संक्रमित २६ हजार ६६० पुगे

काठमाडौँ – नेपालमा आज थप ६४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६४१ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २६ हजार ६६० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा १३४ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १०४ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।