टिचिङ अस्पतालमा उपचाररत बालिकामा कोरोना, अस्पतालमा खैलाबैला

काठमाडौँ – काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक जना विरामीमा कोरोना संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा सात दिन अघि भर्ना भएका ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको हो ।

नाक कान घाँटी विभाग अन्तर्गतकी विरामी बालिकाको न्युरो सर्जरी वार्डमा राखेर उपचार गरिएकोमा उनलाई कोरोना पाजेटिभ देखिएपछि अस्पतालमा चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको छ ।

न्युरो वार्डमा रहेकी बालिकामा संक्रमण देखिएपछि प्रहरीले सो वार्डलाई सिल गर्ने तयारी थालेको छ । संक्रमित बालिकालाई भने आइसोलेसन तर्फ सारिदैछ ।