त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका भदौ दोस्रो र स्तानक तहका परीक्षा तेस्रो हप्तादेखि सञ्चालन गर्ने

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो तथा सातौं तहका सत्रान्त परीक्षाहरु भदौको तेस्रो हप्तादेखि सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गरेको लकडाउनका कारण विभिन्न संकायका परीक्षा स्थगित गरिएका थिए । व्यवस्थापक संकायको डीन कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

त्रिविले परीक्षा तालिका वेबसाइटमार्फत पछि सार्वजनिक गर्ने जनाएको छ ।

यो सूचना आफूले थाहा पाएपछि अरुलाई पनि सूचना दिन सक्दो शेयर गरौँ ।