यस्तो छ कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन कार्यविधि

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको छ ।

कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा लिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र र उत्तरकुञ्जिका पनि विद्यालय आफैले तयार गर्नुपर्ने लगायतका व्यवस्था कार्यविधिमा गरिएको छ ।

हेर्नुहोस् कार्यविधि :