कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौँ – नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका ५७ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

जिल्लाको मालारानी क्वारेन्टाइनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा मृतकको संख्या १६ पुगेको छ । जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।