थप २०७१ संक्रमित थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको मन्त्रालयले बताएको छ ।

थप २२ जनाको मृत्यु

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५५२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ ।