पेट्रोल, डिजेल र मटितेलको मुल्य बढ्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले बढाएको हो ।

पेट्रोलियम पदार्थको मुल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत छ ।