एस आई युकेले शैक्षिक मेला गर्दै

काठमाडौँ – एसआई युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्ने भएको छ । मेलाबारे आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजकले यो मेला हालसम्मकै ठूलो मेलाय हुने जानकारी दिएको छ । मेला फेब्रुअरी ४ मा राजधानीको लाजिम्पाटस्थित होटल र्याडिसनमा र फेब्रुअरी ५ गते पोखराको सिटी स्क्वायरमा हुनेछ ।

मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिङ्घम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्याण्डका २५ ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मेलाबाट बेलायत र आयरल्याण्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरका बारेमा जानकारी लिने मौका पाउने दाबी एस आई युकेले दिएको छ ।

बेलायत र आयरल्याण्डमा उच्च शैक्षिक शिक्षा हासिल गर्न चाहनेका लागि एस आई युकेले शैक्षिक परामर्श दिँदै आएको छ ।