शुटकेशमा टुक्रा टुक्रा भेटिएको शवको सनाखत

काठमाडौँ – काठमाडौंको टोखा नगरपालिका वडा नम्बर दशस्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । टोखाको नवज्योती मार्गमा शरीर सुटकेसमा र टाउको र खुट्टा प्लास्टिकले बेरेको अवस्थामा उनको शव आइतबार विहान फेला परेको थियो ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।