काठमाडौँ उपत्यकामा थपिए १७४६ संक्रमित

काठमाडौँ – उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।