काठमाडौँ उपत्यकामा थपिए ४३ जना कोरोना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा काठमाडौँका ३६ तथा ललितपुरमा चार र भक्तपुरमा ३ जना छन् ।