थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित २३ हजार ३१० पुगे

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१०) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको जानकारी दिनुभयो ।

हाल सक्रिय संक्रमित ६ हजार ७३८ जना छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएका छन् । हालसम्म देशभरमा कोरोना संक्रमण निको हुनेको संख्या १६ हजार ४९३ पुगेको छ ।