संविधान संशोधन प्रस्ताव दर्ता

काठमाडौँ – सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको हो। कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराउनुभयो ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गर्न संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय गरेको थियो । लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपाली भूमि समेटेर नयाँ नक्सा तयार भएको छ । संविधान संशोधन प्रस्तावले अब संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्नेछ ।