यस्तो छ नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघको बिकास क्रम 

अन्जना शिवाकोटी
नेपालमा पहिले कुनै पनि मार्सलआर्ट खेल खेलाउन सिकाउन अनुमति दिइएको थियन । विशेष गरि खेलकुद राज परिवारका रुचि अनुसार खेल दरबारमा मात्र सिमित थिय । देशमा भएको विभिन्न खाले परिवर्तन व्यवस्था सगै खेलकुद लाइ पनि बिस्तार गरियो ।
बि.स. २०१५ साल तत्कालीन शिक्षा मन्त्री परशुनारयण चौधरीको अध्यक्षतामा रास्ट्रीय स्वास्थ तथा खेलकुद परिषद गठन गरियो पछि उक्त गठित परिषद लाई २०१७ साल फागुन १७ गते रास्ट्रीय खेलकुद परिषदमा गठित गरियो । प्रत्येक २-२ बर्षमा हुने गरि खेल माहाकुम्भ मेला प्रथम रास्ट्रीय खेलकुद २०३८ साल भदौ २७ बाट सुरुवात गरियो । मार्सल आर्ट भने तेस्रो रास्ट्रीय प्रतियोगिता बाट समाबेश गरेको पाइन्छ । त्यस पछि मार्सल आर्ट अन्तर्गतका विभिन्न संघ महासंघहरु रा.खे.प. मा दर्ता गरिने सुरुवात भयो ।
मार्सल आर्ट अन्तर्गत कै अत्यन्तै लोकप्रिय खेल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (nepal international taelwondo federation (ITF)) पनि एक हो । कोरिया बाट उदय भयको यश खेलका सस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही (general choi hong hi ) थिए । general choi hong hi ले तेक्वान्दो लाई art of self defence भनेका छन् । ITF Teakwondo भन्नाले हात ,खुट्टा , आँखा बाट खेलिने एक कलात्मक / रचनात्मक खेल हो । यश खेलको मुख्य उद्देश्य शारीरिक स्वास्थ्य सगै आत्मरक्षाका निम्ति हो ।यसले बौद्धिकता , नैतिक , समाजिक परिवर्तन सगै बिश्व शान्तिको अपेक्षा राख्दछ ।
नेपालमा यश खेलको सुरुवात केहि समय अघि बाटै गरिएतापनि आधिकारिक रुपले २०५४ सालमा स्याङ्जाको जिल्ला प्रशासनको कार्यलयमा दर्ता गराए पछि  सन्चालनमा आएको हो । यश खेलको सुरुवातित समयमा नेतृत्वले निकै संघर्ष बाट जन्मिएको एक ऎतिहासिक महासंघ हो । हिजो बाट आज सम्म आउदा सस्थाको  नेतृत्व लाई भुल्न सकिन्न ।।
श्री खड्क बाहादुर रानाभाट (1998)
श्री राम नाथ ढकाल (1999-2000)
श्री राज कुमार थापामगर (2000-2003)
श्री कृष्ण बलाल             (2003-2012)
श्री कुमार थापा              (2011-2013)
श्री अन्जु नाथ श्रेष्ठ (कार्यबाहक अध्यक्ष 2014 )
हाल श्री अन्जन धमला    2016
सस्थापक अध्यक्ष खड्क रानाभाटको अध्यक्षतामा महासचीव राजकुमार थापा कोषाध्यक्ष बिद्रोह बिस्ट लगायतका ७ सदस्य बाट दर्ता भएको नेपाल आइ टि एफ तेक्वान्दोमा विभिन्न नेतृत्व प्राप्त भए सगै यश खेलको बिकास र बिस्तार अघि बढ्दै गयो। सुरुवातमा WTF का रास्ट्रीय कोच तथा रास्ट्रीय खेलाडी राज कुमार थापा र करातेका रास्ट्रीय कोच डम्बर बा.जङ्ग गुरुङ लाइ vennia , austria मा रहेको  ITF को head quarter बाट निमन्त्रणा आइ सन् १९९८ मा तीन महिने बिशेश तालिम लिएर नेपाल फर्किय पछि प्रशिक्षण गराउन सुरु गरियो  ।
त्यस पछि  सन् २००० मा नेपालमा itf को बिकास र बिस्तारका निम्ति नेपालमा पहिलो पटक सस्थाका सस्थापक general choi hong hi आफै नेपाल आउनु भयो र सेमिनार दिनु भयो।  सन २००९ मा नेपाल अर्मि र नेपाल प्रहरि बलमा यश खेल समाबेश गराउन सफल भए ।  आज सम्म आइपुग्दा सबै प्रदेशमा आफ्नो संघ निर्माण गर्नुका सथै सातै वटा प्रदेशमा २००००को हाराहारीमा खेलाडीहरु उत्पादन गर्नुका साथै  हजारौ black belt , रेफ्री आदि छन  ।
बिगतको बर्षमा सम्पन्न आठौं रास्ट्रीय खेलकुद प्रतियोगितामा सातै प्रदेश बाट सहभागी गराइएको थियो । यश महासंघले नेपालामै विभिन्न ठुला रास्ट्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता अयोजना गराउनुका साथ साथै बिदेशमा आयोजना गरिएका अन्तरास्ट्रिय प्रतियोगितामा सहभागी गराउदै विभिन्न खाले पदक बिजेता समेत उत्पादन गर्दै आयको छ । यश महासंघको आफ्नै बार्षिक क्यालेन्डर बनाइ गतिविधि गर्ने गरेको छ ।
प्रयेक बर्ष सस्थापक general choi hong hi को सम्झनामा रास्ट्रीय प्रतियोगिता गराउने , रा.खे.प. ले आयोजना गर्ने रास्ट्रीय प्रतियोगितामा सहभागी गराउने , प्रत्येक प्रदेश जिल्लाले आफ्नै स्थानीय सरकार र सरोकारवालाहरु सगको सहयोगमा रास्ट्रीय प्रतियोगिता गर्ने गराउने गर्दछ महासंघको प्रयेक बार्षिक उत्सवमा समाजिक कार्य मनाइनुका साथै बर्ष भरिका गतिविधिको समिक्षा र आगामी योजना तय गरिन्छ । यश महासंघ पार्दसिताका साथ काम गर्ने गरेको छ ।   यश माहासंघले सन २००० मा अन्तर्राष्ट्रिय सेमिनार ITF कै जन्मदाता लाई नेपाल ल्यार सम्पन्न गर्यो भने त्यस पछि सन २०१४ मा  १००० खेलाडी सहित १९ देशको को उपस्थितिमा ७औ एसियायी ITF तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको थियो जुन नेपाल मार्सल आर्ट क्षेत्रकै ऎतिहासिक प्रतियोगिता  रहन गयो । दक्षिण एसियाली प्रतियोगिता बिकासको र बिस्तारमा नेपालको महत्त्वपूर्ण भुमिका रहेको छ  , यश महासंघले नेपालमै ४ ओटा दक्षिण एसियालि प्रतियोगिता सम्पन्न गरिसकेको छ (२००८,२०११,२०१४,२०१८) । खेलाडी तथा प्रशिक्षकको स्तर बिकासका निम्ति विभिन्न समयमा अन्तर्राष्ट्रिय प्रशिक्षकलाई नेपाल ल्याएर सेमिनार अयोजन गर्दै आएको छ ।।
यस महासंघको स्थापनाकाल देखि रेखदेख तथा नेतृत्व गर्दै आउनु भयका सस्थापक सदस्यहरु रमेश सिलवाल आज रा.खे.प. मा सदस्य सचीव हुनुहुन्छ त्यस्तै पिताम्वर तिमल्सिना रा.खे.प कै बोर्ड उपाध्यक्ष हुनुहुन्छ भने यश महासंघ स्थापनाकालमा अत्यन्तै सहयोगि अनि अभिभावक्तो प्रदान गर्दै आउनु भएको बिष्णु पौडेल आज नेपाल कै शक्तिशाली जनमत प्राप्त पार्टी नेकपाका महासचिव हुनुहुन्छ त्यसै गरि प्रदीप नेपाल नेकपाकै केन्द्रिय सदस्य हुनुहुन्छ भने प्रदिप ज्ञवलि नेपाल सरकारको प्ररास्ट्र मन्त्री हुनुहुन्छ ।
राखेपका सदस्य सचीव रहदै यस खेलको बिकास र बिस्तारका निम्ति बिशेश सहयोग गर्नुहुने युवराज लामा अनि केशव बिस्ट हुन् । नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघ खेलकुद गतिविधि मात्र गर्ने गराउने मात्र नभइ समाजिक कार्यमा पनि उत्तिकै सक्रियताका साथ सहभागीता जनाउदै आएको छ।
तत्कालीन अध्यक्ष कृष्ण बलालको अध्यक्षतामा स्थापना दिवस पारेर रत्तदान कार्यक्रम , वृद्ध आश्रममा खाना खुवाउने , सरसफाइ जस्ता रचनात्मक गतिविधि सुरुवात भए सगै निरन्तर गरिदै आइरहेको पाइन्छ। हावाहुरी , बाढी पहिरो भुकम्प जस्ता प्रकृतिक प्रकोपको बेलामा पनि आफ्नो ठाउँ बाट समाजिक एकिबद्द्ता जनाउदै आएको छ ।
समाजमा घटेका विभिन्न खाले हिंसाक विरुद्ध आफ्नो ठाउँ बाट आवाज उठान गर्दै अएको छ। पछिल्लो समय बढ्दै गैरहेको महिला हिंसा न्यूनीकरणमा यश महासंघले आफ्नो प्रदेश भरी रहेक संघ मार्फत स्थानिय सरकार संघसस्था सग सहकार्य गर्दै महिलाहरुको आत्मबल वृद्धि गर्ने , आत्मसुरक्षाका निम्ति तालिम गराउदै आइरहेको छ ।। मार्सल आर्ट भन्ने बितिकै सामाजिक गुन्डा उत्पादन गर्ने कारखानाको हो भन्ने भ्रम नेपालि समाज बाट चिर्न यस खेलको महत्त्वपूर्ण भुमिका रहको छ ।
युवा अबस्थामा पुगे पछि धेरै युवाहरु लागूऔसधको दलदलमा फस्ने गरेको पाइन्छ , सामाजिक मानसिक चिन्ताले युवा डिप्रेसनमा जाने गरेका छन यस्ता समस्या समाजिक समस्या न्यूनीकरणमा यश संघको निरन्तर प्रभाव रहदै आएको छ । विद्यालय स्तर बाट नै सिकाइने यश खेलले जनमानसमा तेक्वान्दोको असली परिभाषा सिकाएको छ।
धैर्यता, इमानदारीता, अदम्यसाहास, नम्रता, अत्मबिश्वास जस्ता ५ सिद्धान्त बाट प्रशिक्षण गराइन्छ । खेलकुद मेडल वा सर्टीफिकेटका लागि मात्र नभइ शारीरिक , मानसिक र समाजिक रुपमा तन्दुरुस्त रहदै देशभक्त सच्चा नगरीक बन्न सिकाउने नर्सरी पनि हो । दिन प्रतिदिन असुरक्षित बन्दै गयको हाम्रो समाजमा सुरक्षाको प्रत्याभूत गराउदै  आफ्नो सुरक्षा आफै गर्न सक्ने क्षमताको बिकास गर्ने खेलकुद प्रती राज्य वा समाजको कम प्राथमिकता रहेको हुदा यश महासंघले रचनात्मक तरिका बाट यसको महत्त्व दर्शाउदै आएको छ ।
हामीले परिकल्पना गरेको खेलकुद मैत्री समाज , सुन्दर शान्त समाज निर्माणमा यश खेलको पनि एक महत्त्वपूर्ण भुमिका रहदै आएको छ । यदि सम्बन्धित निकायको अझ साथ रहदा स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने नारालाइ आत्मसात गर्दै भबिस्यमा पनि यस महासंघ अझ शसक्तरुपमा अगि बढ्दै देशलाइ एक जिम्मेवार इमानदार  नैतिकवान कर्मनिस्ठ स्वास्थ योद्धा उत्पादन गर्ने माध्यम बन्ने छ ।।
             पछिल्लो समय रा.खे.प.मा संघ दर्ता गर्ने सङ्ख्या बढ्दो छ । लगभग २०० को हाराहारिमा पुगेको संघहरु कुनै झोलामा त कति निष्क्रिय अवस्थामा छन । अहिलेको नेतृत्व यस्तो अबस्थाको विशेष अध्ययन गरि निष्क्रिय रहेका संघलाई कार्वाही गर्ने तथा खारेजी समेत गर्दै संघहरुको व्यवस्थापनमा जुटेको पाइन्छ । तर नेपाल यस्ता थुप्रै महासंघ हरु पनि छन जुन सकृय त छन तर नतिजामा शन्यू छन् ।
राज्यको पुर्ण लगानी अनि बिशेश प्राथमिकतामा पर्दै आएका यस्ता संघहरुले पनि नेपाललाई ठोस नतिजा (मेडल दिलाउन) दिन सकिरहेको छैनन् । तर रा.खे.प.को प्राथमिकता भन्दा बाहिर रहेका संघहरुले भने बेला बेला पदक दिलाउन सफल भैरहेको छन । नेपाल आइ टि एफ ले सुरुवातित समय देखि नै रास्ट्रीय तथा अन्तर्राष्ट्रिय पदक अरुको तुलनामा नेपाललाइ अत्याधिक रुपमै दिलाउदै आएको छ ।
पछिल्लो समय नेपाल मै सम्पन्न छैटौं दक्षिण एसियाली आइ टि एफ तेक्वान्दो प्रतियोगिता मा नेपाल लाई 34 स्वर्ण 43 रजत 61 कास्य पदक दिलाउन  सफल भयको छ ।। २०००० भन्दा बढी खेलाडी रहेको यश महासंघमा  १००० औ को सङ्ख्यामा प्रशिक्षक रेफ्री उत्पादन गरिसके को छ तर बिड्म्बना यति ठूलो संघका सबै प्रशिक्षक भोलेन्टरका रुपमा प्रशिक्षण गराउदै आएका छन् बिगत देखि आज सम्म पनि रा खे प का प्रशिक्षक नियुक्ति गर्न सकि रहेको अवस्था छैन ।
प्रत्येक बर्ष नेपाललाई रास्ट्रीय तथा अन्तर्राष्ट्रिय पदक दिलाउदै आएको , देशका ७ ओटै प्रदेशमा बिकास र बिस्तार गरि खेलकुदको गरिमा लाइ उच्च  पार्दै  राज्यको गरिब झुपडी सम्म पुगि राज्यलाइ रास्ट्रीय तथा अन्तरास्ट्रिय खेलाडी उत्पादन गराउदै यश संघ नेपाल आर्मी अनि नेपाल पुलिस बलमा समेत समाबेश गराइ उत्कृष्ट नतिजा दिन सफल भैरहेका यस्ता संघहरुलाई पनि समेट्ने गरि रा.खे.प.को दाहेरा अझ फराकिलो बनाउन जरुरी छ।
अहिले रा.खे.प. को नेतृत्व सबैको आशा र भरोसाको केन्द्र बनेको छ बिगतमा भन्दा केही फरक अनि आधुनिक तवर वाट खेलकुद बिकास र बिस्तार गर्ने कुरामा हामी आम नेपाली खेलाडी प्रशिक्षक बिस्वत छौ ।।
(शिवाकोटी नेपाल आइ टि एफ तेक्वान्दो कार्यकारी सदस्य तथा प्रदेश न २ अध्यक्ष हुन् )