मुकेश काफ्लेलाई देखाउन भएपनि कुलमानको नियुक्ति

-वीरेन्द्र कुरुम्बाङ


पछिल्ला दिनमा सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्त गरिनुपर्छ भनेर सामाजिक सञ्जालमा दबाब बढिरहेको छ । कतिपयले कुलमानको समर्थनमा विभिन्न किसिमले प्रचार गरिरहेका छन । घिसिङको पदावधि यही भदौ २९ गते सकिँदैछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दोस्रो कार्यकालको नियुक्ति सम्बन्धि धेरै तर्क वितर्कहरु सुनियो । बहिर्गमन समयावधि सकिएपछि निश्चित प्रक्रिया हो । तर आज सबै जनता हरु किन पुन: नियुक्ति को पक्षमा किन छन यो बुझ्न जरुरी छ ।

मुकेश काफ्लेले भने जस्तै पक्कै पनि कुलमान घिसिङले कुनै चमत्कार गरेको होइनन् । भौतिक पुर्वाधारहरु उनको कार्यकालमा निर्माण भएका होइनन् यो यथार्थ हो । यो सबै कुराहरु सारा नेपाली जनता हरुले बुझेका छन । बिगतमा १८ /१८ घन्टाको लोड सेडिङ हुदा पनि नेपाली जनता ले सहेकै हुन ।

तर जब कुलमान घिसिङ ले विद्युत प्रधिकरण सम्हाले छोटो समयमा नै यो सब अन्त्य भयो। यसले के प्रमाणित गर्यो भने कुलमान घिसिङ प्रलोभन रहित देखिए । उनले कर्मचारित्व लाई अनुसरण गरे । दोस्रो सबैभन्दा बलियो पक्ष उनको व्यवस्थापकीय कला हो । उनमा ब्यबस्थापकीय पक्ष यति राम्रो देखियो कि जुन अरुमा देखिएन ।

जब प्रशासकमा ब्यबस्थापकिय पक्ष राम्रो हुन्छ। सबै कुरा राम्रो हुन्छ भन्ने कुराको प्रमाण कुलमान घिसिङले साबित गरे। तसर्थ कुशल ब्यबस्थापकीय सोच हराइसकेका एवं चुकिसकेका मुकेश काफ्ले हरु जस्त आउट डेटेड एमडी हरुलाई सबक सिकाउन को लागि भए नि सारा नेपाली जनताहरु कुशल ब्यबस्थापक कुल मान घिसिङ को पुन नियुक्ति को पक्षमा देखिएको हो ।

-कुरुङबाङ काठमाडौँ बुढानिलकण्ठस्थित लोयल्टी एकेडेमीका कोअर्डिनेटर हुनुहुन्छ ।