नयाँ नक्सा राजपत्रमा प्रकाशन

काठमाडौँ – सरकारले नेपालको नयाँ नक्शा राजपत्रमा प्रकाशन गरेको छ । अब सबै कार्यालय तथा निकायहरुमा वितरण गरिनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशन गरेको हो ।

गत बुधबार सार्वजनिक भएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा निशान छापसहित संविधानमा संशोधनका लागि सरकारले आजै संविधान संशोधन प्रस्ताव पनि दर्ता गरेको छ । मन्त्री स्तरीय निर्णय गरी शुक्रवार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएकोमा विभागले तत्काल प्रकाशित गरेको हो ।