कोरोना संकटमा प्रि–स्कुल : कसरी गर्ने व्यवस्थापन ? आज हुँदैछ बृहद् कार्यक्रम

काठमाडौँ – कोरोना भाइरसका कारण सर्वत्र समस्या परिरहेका बेला प्रि स्कुल पनि संकटमैँ छन् । ठूला विद्यालयले भर्ना खोल्ने भनिरहँदा साना स्कुल भने यसै गर्ने भन्ने निर्णय लिन सकिइरहेका छैनन् । अर्कोतर्फ कतिपय ठूला साना विद्यालयले अनलाइनबाट पढाई गरिरहेका छन् ।

अहिले घरमैँ रहेका बालबालिकाले अभिभावकसँग कसरी सिक्न सक्छन् ? अनि विद्यालयले सिकाईको वातावरण कसरी तय गर्न सक्छ भन्नेबारे आज एशोसिएशन अफ प्रि स्कुल एडुकेटर्श, नेपाल (एपेन) ललितपुर शाखाले बृहद छलफल गर्दै छ । छलफलमा शैक्षिक अभियन्ता एवं मोटिभेशनल स्पिकर अभिषेक घिमिरे, प्रि स्कुल एशोसिएशनका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद दाहाल, ल्याभेण्डर प्रि स्कुलकी संस्थापक प्राचार्य लिडिया लामाले कोभिड–१९ मा प्रि स्कुलमा परेका प्रभाव र कोरोना पछि के कसरी व्यवस्थापन गर्ने भन्नेबारे उपयोगी सुझाव तथा टिप्सहरु दिनेछन् ।

कार्यक्रमको संयोजन एपेन ललितपुरकी अध्यक्ष नीता लामाले गर्नेछिन् । कार्यक्रमबाट प्रिस्कुल सञ्चालक, अभिभावकले प्रत्यक्ष लाभ उठाउन सक्ने आयोजकले जनाएको छ । दिउँसो ४ बजे हुने कार्यक्रमको खुल्लापाटी डट कमले प्रत्यक्ष प्रसारण गर्नेछ ।

कार्यक्रम भर्चुअल रुपमा हुने भएकाले सबैको पहुँच नपुग्ने भएकाले खुल्लापाटी डट कमले कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न लागेको हो । प्रत्यक्ष प्रसारण हेर्न खुल्लापाटी डट कमको फेसबुक पेज लाइक गरी कार्यक्रम हेर्न र शेयर गर्न सकिनेछ । खुल्लापाटी डट कम विशेषगरी शैक्षिक र खेलकुद क्षेत्रका विषयमा महत्वपूर्ण सवाल उठान गर्दै आएको अनलाइन पत्रिका हो ।

कार्यक्रम हेर्नका लागि यो पेजमा क्लिक गरी लाइक गर्नुहोला ।

https://www.facebook.com/Khullapati-1529576157367337/