काठमाडौँ उपत्यकामा थपिए १८७८ संक्रमित

काठमाडौँ -काठमाडौँ उपत्यकामा १८७८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ संक्रमित थपिएका छन् ।

थप ३ हजार ३०९ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

त्यस्तै, नेपालमा कोरोना भाइरस संक्रमणवाट थप ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप ३० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको हो ।