कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुग्यो

काठमाडौँ – नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्सामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । त्यस्तै अर्का सिरहाका १ जना र सर्लाहीका १ जना गरी कुल ५ जना पुरुषहरुको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।