थप ४६४ जनामा कोरोना भाइरस संक्रमण, संक्रमित २२ हजार २१४ पुगे

काठमाडौँ – नेपालमा आज थप ४६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४६४ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । ४६४ जना थपिएसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २२ हजार २१४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२५ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७० पुगेको छ ।