काठमाडौँमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौँ – काठमाडौँमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए। योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।