नेपालमा कोरोना भाइरस संक्रमित ११ हजार ७५५ पुगे

काठमाडौँ – नेपालमा आज थप ५९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ११ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ६२९ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए । जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या दुई हजार ६९८ पुगेको छ । पछिल्लो २४ घन्टामा ४८ जना ‘डिस्चार्ज’ भएका छन्।

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो

यसैबीच नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको र उनी अन्दाजी २५, ३० वर्षिया रहेको जनाए । ती महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।