पर्सा, रौतहट, महोत्तरी र काठमाडौं बढी संक्रमित जिल्ला

काठमाडौँ – काठमाडौँ सहित विभिन्न पाँच जिल्ला बढी संक्रमितको सूचीमा परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।

काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो ।

काठमाडौंमा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्य रहेको छ  ।