रियल मड्रिडलाई पराजित गर्दै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

काठमाडौँ – म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । ला लिगा च्याम्पियन रियल मड्रिडलाई २–१ गोल अन्तरले हराउँदै म्यानचेष्टरले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदान ईतिहाद स्टेडियममा शुक्रबार राति भएको खेलमा सिटीले जित हासिल गर्यो । खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए ।

तर, दोस्रो हाफमा समेत रियलको डिफेन्सको कमजोरी यथावत रह्यो । राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले ६८औँ मिनेटमा गोल गर्दै सिटीलाई २–१ को जीत दिलाए ।