विद्यालय खुल्ने परिस्थिति छैन : सरकारका प्रवक्ता डा. खतिवडा

काठमाडौँ – सरकारले विद्यालय तत्काल खोल्ने परिस्थिति नभएको जनाएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री डा. युवराज खतिवडाले विद्यालय सञ्चालन गर्ने परिस्थिति सहज नबनेको बताउनुभयो ।

भदौ १ गतेदेखि विद्यालय खोल्ने, लामो दुरीका यातायात तथा अन्तर्राष्ट्रिय उडान सुरु हुने भनिएपनि परिस्थिति सहज नबनेको भन्दै खतिवडाले परिस्थिति सहज नबनेकाले केही दिनभित्र कोरोना संक्रमणबारेको सिसिएमसी बैठक बसेर यसबार निर्णय गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो –‘अहिले कोरोना संक्रमण बढ्दै गएकाले विद्यालय खोल्ने परिस्थिति बनि नसकेको जस्तो प्रारम्भिक पृष्ठपोषणबाट देखिन्छ । ’ यसअघि साउन ५ गतेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेबाट विद्यालयमा भर्ना खुलाउने निर्णय गरेको थियो । त्यसपछि साउन १२ गतेको मन्त्रिपरिषद बैठकले थप निर्णय गर्दै विद्यालयमा भर्ना अभियान, विद्यालयबाट क्वारेन्टिन स्थल हटाउने लगायतका निर्णय गरेको थियो ।

हेर्नुहोस निर्णय :

यी निर्णय आज शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कार्यान्वयनका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको छ । तर, कोरोना संक्रमण बढदै गएको र परिस्थिति असहज बन्दै गएकाले विद्यालय सञ्चालन थप पेचिलो बन्दै गएको छ ।