आर्सनल एस्टनभिल्लासँग पराजित

एजेन्सी – ईग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल एस्टनभिल्लासँग पराजित भएको छ । बुधबार बिहान भएको खेलमा रेलिगेशन जोनमा रहेको एस्टन भिल्लाले आर्सनललाई १–० गोल अन्तरले हरायो ।

भिल्लाको जीतमा ट्रेजेगुएट्सले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जीतसँगै भिल्ला रेलिगेसन जोनबाट बाहिर आएको छ तर, अझै रेलिगेसनबाट बच्न उसले अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ ।