अमरशहिद फुटबलमा नेक्ससलाई गोल्डकप

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले १९ औँ संस्करणको अमर शहिद फुटबलमा जित हासिल गरेको छ । प्रतियोगिताको सुरुवातदेखि नै अपराजित नेक्ससले फाइनलमा सत्य साई स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । नेक्ससका कृष्ण आलेमगरले गरेको गोल नै निर्णायक बन्यो ।

अमर ईंग्लिस सेकेण्डरी स्कुलले आयोजना गरेको प्रतियोगितामा १८ विद्यालय सहभागी थिए । प्रतियोगितामा प्रथम भएको नेक्ससले जितसँगै नगद १५००० ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको सत्य साई स्कुलले नगद १०००० ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा बेस्ट प्लेयरको अवार्ड कृष्ण बहादुर आलेले, बेस्ट गोलकिपरको अवार्ड निशान्त रानामगरले पाए भने एकराज बिकेले बेस्ट डिफेन्डरको अवार्ड पाए । प्रतियोगितामा विजयी खेलाडिहरुलाई अमर स्कुलका प्राचार्यले पुरस्कृत गर्नुभएको थियो ।