आइपिएल युएईमा हुने

एजेन्सी – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट यूएईमा हुने निश्चित भएको छ । आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३औं संस्करणको आईपीएल यूएईमा हुने निश्चित भएको जनाएका हुन् ।

पटेललाई उद्धृत गर्दै न्युज एजेन्सी पीटीआईले जनाए अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल युएईमा गर्ने निर्णय गरिसकेको छ ।

पटेलले केहि दिनमा अन्तिम निर्णय र खेल तालिका सार्वजनिक हुने समेत बताए । उनले आईपीएल बन्द रंगशालामा आयोजना हुनेसमेत बताए । यस संस्करणको आईपीएल सेप्टेम्बर देखि नोभेम्बरसम्म हुने बताईएको छ ।