लकडाउन अन्त्यसँगै त्रिविको यस्तो निर्देशन, आजैदेखि क्याम्पस सुरु हुने 

काठमाडौँ  देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले सरकारले लकडाउन (बन्दाबन्दी) अन्त्यको घोषणा गरेसँगै क्याम्पस चलाउने निर्णय गरेको छ । त्रिविले एक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षालाई अवलम्बन गर्दै आजैदेखि क्याम्पस खोल्ने निर्णय गरेको हो ।

विश्वविद्यालयले जारी गरेको सूचनामा सरकारले चैत्र ११ गतेदेखि लगाएको लकडाउन साउन ६ गतेदेखि अन्त्य भएकाले सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै साउन ७ गतेदेखि क्याम्पस खोल्ने निर्णय भएको जनाइएको छ ।

आफूले पढेपछि यो सूचनालाई धेरै भन्दा धेरै जनासँग पु-याउन शेयर गरिदिनुहोला ।