५ औँ नेक्सस संकटा फुटबलमा नेक्ससको शानदार जित, भीमेश्वर ८–० गोल अन्तरले पराजित

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा सुरु भएको पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगितामा आयोजक नेक्ससले शानदार सुरुवात गरेको छ ।

प्रतियोगितको आज भएको उद्घाटन खेलमा नेक्ससले भीमेश्वर एकेडेमीलाई ८–० गोल अन्तरले पराजित ग¥यो । नेक्ससका एकराज विक, अंकित आलेमगर र अनिश थापामगरले २–२ गोल गरे । त्यस्तै डिलान लिम्बु र किशोर दनुवारले एक–एक गोल गरेसँगै नेक्सस ८–० गोल अन्तरले विजय भयो ।

‘फुटबल फर एजुकेशन’ भन्ने नारासहित सुरु भएको प्रतियोगिताको आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले उदघाटन गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न १६ विद्यालयका टिम सहभागी छन ।

प्रतियोगितामा विजेता टिमले ५० हजार नगद पाउनेछ भने उपविजेताले २५ हजार पाउनेछ । नेक्सस संकटा युथ एकेडेमी गतवर्षदेखि नै सञ्चालनमा रहेकाले यस प्रतियोगिताले खेलाडि उत्पादनमा थप टेवा मिल्ने नेक्सस इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आर बी कटुवालले बताउनुभयो ।