थप १५० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ – नेपालमा आज थप १५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १५० जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७ हजार ९९४ पुगेको छ ।पछिल्लो २४ घन्टामा ६०९ जना डिस्चार्ज भएका छन् । त्यस्तै, नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।

नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।