टोखा अपहरण काण्ड : अपहरणकारी यसरी परे प्रहरीको फन्दामा

काठमाडौँ – काठमाडौंको टोखाबाट शुक्रबार बिहान रामबाबु शाह अपहरणमा परे । अपहरण गर्नेले शाहका छोरालाई फोन गर्दै २५ लाख मागे । आफ्ना बाबु अपहरणमा परेको र २५ लाख माग राख्दै अपहरणकारीले आफूलाई फोन गरेको सूचना शाहले बिहान साढे १० बजे प्रहरी कन्ट्रोलमा टिपाए ।

महानगरीय अपराध महाशाखाका अनुसार, टोखाको कोठाबाट रामबाबु साहलाई चार/पाँच जनाको समूहले अपहरण गरेर लगेको सूचना लगत्तै प्रहरी उद्धारमा खटियो । खटिएको प्रहरी टोलीले अपहरित व्यक्तिको तीन घण्टापछि सकुशल उद्धार गरेको छ ।

महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार लोकन्थलीको एक कोठाबाट शुक्रबार दिउँसो साढे १ बजेतिर सात जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले साहलाई सोही कोठामा बन्धक बनाएर राखेका थिए।

‘प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच जग्गा कारोबारको विषयमा साहले २५ लाख लिएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।