ईंग्लिस प्रिमियर लिग : वेस्टह्याम रेलिगेशनबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा वार्टफोर्डलाई हराएसँगै वेस्टह्याम रेलिगेशनबाट जोगिएको छ । शुक्रबार राति भएको खेलमा वार्टफोडलाई वेस्टह्यामले ३–१ गोल अन्तरले पराजित गर्यो ।

वेस्टह्यामको जीतमा मिचेल एन्टोनियो, टोमा सौक र डेक्लान रइसले एक एक गोल गरे । वार्टफोर्डका टोरी डेनीले एक गोल फर्काए । खेल सुरू भएको छैटौं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्टह्यामका लागि अग्रता दिलाएका थिए ।

यसैगरी दशौं मिनेटमा सौकले गोल गर्दै अग्रता दोब्बर बनाए । ३६औं मिनेटमा रइसले गोल गर्दै ३–० को अग्रता दिलाए ।

पहिलो हाफमा वाटफोर्डलाई दबाबमा राखेको वेस्टह्यामले दोस्रो हाफमा भने एक गोल खायो । वाटफोर्टका लागि डेनीले ४९औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि थप गोल नभएपछि वेस्टह्याम विजयी भयो ।