अबदेखि कोरोना व्रिफिङ आइतबार र बुधबार मात्र

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको कोभिड–१९ प्रेस ब्रिफिङ अबदेखि हप्तामा दुई दिन मात्रै गर्ने भएको छ । बिहीबारदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अबदेखि आइतबार र बुधबार मात्रै कोभिड–१९ ब्रिफिङ हुने प्रवक्ता गौतमले बताए । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो ।

अरु बारको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने मन्त्रालयले जनाएको छ ।