थप ३ जनाको कोरोना भाइरसका कारण मृत्यु, ज्यान गुमाउनेको संख्या ३८ पुग्यो

काठमाडौँ – नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा यसको जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । डा. गौतमका अनुसार काठमाडौं–१० का एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी सिन्धपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै काठमाडौं गोकर्णेश्वरका ७७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।